झुटा विवरण पेस गरी चुनाव लडेकाले रवि लामिछाने जेल जान्छन् : खिमलाल देवकोटा

नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जेल जान सक्ने बताएका छन् । 

बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले लामिछानेसँग विदेशी नागरिकता कायमै रहेको अवस्थामा झुटा विवरण पेस गरी चुनाव लडेकाले जेल जाने ठाेकुवा गरे। कानुन व्यवसायीसमेत रहेका देवकोटाले नेपाली नागरिक नभएको व्यक्ति सांसद बन्न नसक्ने कानुनी व्यवस्था रहेकाे बताए । 

राज्यले यसबारे छानबिन गरी तत्काल रविविरुद्ध मुद्दा दायर गर्नुपर्ने उनले बताए । आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रले पाएको जनमतको बारेमा छिट्टै पार्टीले समीक्षा गर्ने उनले बताए । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १८:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया