पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।दुर्घटनामा सातजना घाइते भएका छन् ।
महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका–५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । घटनास्थलमा बुलिंटार, डेढगाउँ, रुद्रपुर र जिल्ला प्रहरी कार्यालयको उद्धार टोली पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।