टर्कीमा प्रशिक्षण विमान दुर्घटना, दुईजनाको मृत्यु

टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । 

प्रान्तको येनिसेहिर सहरको युनुसेली विमानस्थलबाट बिहीबार दिउँसो ३ः४० मा उडान भरेपछि सोही प्रान्तको सहरको ओस्मान्गाजी जिल्लामा रहेको संयुक्त प्राकृतिक ग्यास चक्र पावर प्लान्ट नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।

पाइलट र जहाजमा रहेका अर्का व्यक्तिको मृत्यु भएको बताइएको छ । अग्नि नियन्त्रकहरू, प्रहरी र चिकित्सकलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ६:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया