प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
आज बिहानको मत परिणाम अनुसार बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका हुन् । उनले अहिलेसम्म ५ हजार १०६ मत पाएका छन् ।
पाण्डेलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर १ हजार ११२ रहेको छ ।
४ मंसिरमा भएको निर्वाचनमा एमालेले धाँधली भएको आरोप लगाएपछि बाजुरामा बुधबारदेखि मात्रै मतगणना सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।