दोलखामा माओवादीका गंगा कार्कीको अग्रता, एमालेका शिवाकोटी १४ सय मतले पछाडि

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । आज बिहानको मत परिणामअनुसार दोलखामा माओवादी उम्मेदवार गंगा कार्कीले अग्रता लिएका हुन् । 

अहिलेसम्म कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत पाएका छन् । 

शिवाकोटी १ हजार ४०७ मत अन्तरले पछि छन् । हालसम्म ३६६७ मत गणना भइसकेको छ । त्यस्तै, प्रदेश सभातर्फ प्रदेश (क) मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायमै राखेका छन् । उनले १ हजार ६६३ मत पाएका छन् । 

काफ्लेलाई पछ्याइरहेका एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १०५४ मत पाएका छन् । प्रदेश (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी अगाडि छन् । उन २ हजार १७६ मत पाएका छन् । केसीका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार बर्मा लामाले १ हजार ८०१ मत पाएका छन् ।

दोलखामा ४ मंसिरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै १५ मंसिरमा पुनः मतदान भएको थियो । त्यहाँ बिहीबार रातिदेखि मतगणना सुरु भएको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार ८:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया