धनगढीमा निषेधाज्ञाकै बीच विद्यार्थीको प्रदर्शन जारी

कैलालीको धनगढीमा निषेधाज्ञाकै बीच विद्यार्थीको आन्दोलन जारी रहेको छ ।

बिहीबार ग्रेडरले कुल्चिँदा  धनगढीको पञ्चोदय माध्यमिक हसनपुरमा अध्ययनरत छात्रा १५ वर्षीय चेतना साउँदको मृत्यु भएपछि धनगढीमा विद्यार्थीको आन्दोलन सुरु भएको थियो ।

विद्यार्थीको आन्दोलन चर्कँदै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझदेखि धनगढी बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाकै बीच आन्दोलन भने रोकिएको छैन ।

सो क्रममा केही ठाउँमा विद्यार्थी र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । सो क्रममा प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतारा नजिक पानी पिच गरी रहेको ग्रेडरले कुल्चिँदा धनगढी–५ तारानगरकी १५ वर्षीय साउँदको मृत्यु भएको थियो ।

साइकलमा यात्रा गरिरहेका साउँदलाई ना १ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै व्याक गर्ने क्रममा कुल्चिएको थियो । प्रहरीले ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका – २८ का २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १२:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया