धनगढीमा तनाव बढ्दै, निषेधाज्ञाकाबीच प्रदर्शन हुँदा प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

निषेधाज्ञाकाबीच विद्यार्थीले प्रदर्शन गरेपछि धनगढी तनावग्रस्त बनेको छ । आफ्नो साथीको हत्या गर्ने दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै  विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । 

उनीहरूको आन्दोलनले उग्र रूप लिन थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले प्रदर्शनमा उत्रेका केही विद्यार्थीलाई नियन्त्रणमानसमेत लिएको छ । 

हिजो बिहान रोड निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले च्याप्दा पञ्चोदयको कक्षा ८ मा पढ्ने १५ वर्षीया छात्रा चेतना साउँदको घटनास्थलमै ज्यान गएको थियो । ग्रेडरको ठक्करबाट सामान्य घाइते छात्रालाई चालकले ग्रेडर ब्याक गरेर हत्या गरेको विद्यालयको भनाई छ । 

विद्यालय व्यवस्थापन समितिले पनि छात्राको हत्या गरिएको प्रेस विज्ञप्ति जारी गरेर उल्लेख गरेको छ । साथै, दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । स्थानीय प्रशासनले धनगढीमा हिजोदेखि नै निषेधाज्ञा जारी गरेको छ विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १४:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया