धनगढीमा प्रदर्शन : प्रहरीद्वारा ३७ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीमा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनाव ग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३७ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताए । उनले अहिलेसम्म  ३७ सेल अश्रुग्यास प्रहार गरेको र आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको बताए । 

बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउँदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको छ तर,  निषेधाज्ञाकै बीच न्यायको माग गर्दै स्थानीय तथा विद्यार्थीहरु बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका ५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १५:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया