बाजुरामा रोकिएको मतगणना पुनः सुरु गरिएको छ । जिल्लाको हिमाली ६ र बुढीगंगा नगरपालिका वडा नम्बर ३ मा मतपेटिका मुचुल्का भन्दा बढी मतपत्र भेटिएको विवादका कारण मतगणना स्थगन गरिएको थियो ।
त्रिपक्षीय सहमतिको आधारमा मतगण पुनः सुचारु गरिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । प्रतिनिधि सभा तर्फको मतगण बिहान चार बजेबाट स्थगन गरिएको थियो भने प्रदेश सभाको मतगणना दुई घण्टा स्थगन गरी पुनः सहमतिका आधारमा गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएको थियो । निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।