बालेनको भीम रावललाई जवाफ– अमेरिकी राजदूतले पटकपटक भेट्न आग्रह गरेपछि परराष्ट्रबाट अनुमति लिएर आउन लगायौँ

काठमाडौंका मेयर बालेन शाहले नेकपा एमालेका नेता भीम रावलको एक प्रश्नमा जवाफ दिएका छन् । रावलले सामाजिक सन्जालमा सोधेको प्रश्नमा बालेनले सामाजिक सन्जालमा नै जवाफ दिएका हुन् ।

बालेन र अमेरिकी राजदूतको भेटघाटको विषयलाई लिएर रावलले बालेनमाथि प्रश्न गरेका थिए ।

रावलले अमेरिकी राजदूतसँगको भेट परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर गरिएको हो या होइन भन्दै प्रश्न गरेका थिए । उनले संविधान र स्वधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न अनुरोध गरेका थिए ।

रावलको यो प्रश्नमा बालेनले आफूहरुलाई अमेरिकी राजदूतले भेट खोजेपछि उनलाई नै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन आफूहरुले लगाएको बताएका छन् ।

अनि अन्तिममा उनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएको र आफूहरुले भेट्ने अनुमति दिएको बालेनले फेसबुकमा लेखेका छन् ।

उनले सँगसँगै लेखेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’






  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २०:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया