बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा साढे २७ सय मतले पछाडि

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । त्यहाँ कांग्रेस उम्मेदवार बद्री पाण्डेले सुरुवादेखिकै अग्रता कायमै राखेका हुन् ।

पछिल्लो अपडेटअनुसार उनले ९ हजार ९५९ मत ल्याएका छन् । पाण्डेलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले ७ हजार २१० मत प्राप्त गरेका छन् । उनी कांग्रेसका पाण्डेभन्दा २ हजार ७४९ मतले पछाडि छन् । 

त्यस्तै, दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका गङ्गाबहादुर कार्की अग्र स्थानमा कायमै छन् । उनी ७ हजार ९९५ मतसहित अग्रस्थानमा कायमै रहेका हुन् । कार्कीलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत ल्याएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार ७:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया