गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु : विश्वप्रकाश शर्मा
फरकधार / १७ मंसिर, २०७९

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार झापाको दमकमा आयोजित कार्यक्रममा उनले निर्वाचन परिणाममा पहिलो शक्ति बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए। 



मुलुक रुपान्तरणका लागि सबै रुपान्तरित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, ‘राजनीतिक परिवर्तनको एजेन्डा होइन। अब हाम्रो पूरै ध्यान सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ।’ 

झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने बताए । उनले भने, मैले यसअघि बारम्बार पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता जनाइसकेको छु।’





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १५:४६:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया