दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सत्ता गठबन्धनको अग्रता

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता छ । 

प्रतिनिधिसाभामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय ७७ मत प्राप्त गरेका छन् ।  

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानमा दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो। 

प्रदेशसभा–१ मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार तीन सय ६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत पाएका छन् । 

प्रदेशसभा–२ मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका बर्मा लामाले १० हजार चार सय ७२ र एमालेका भरत केसीले नौ हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १६:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया