विराटनगरबाट ‘मानवताको लागि संगीत’को भव्य सुरुवात

दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको विराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भव्य सुरुवात गरेको छ । 

अभियानको पहिलो ध्वनि शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौँ दर्शकको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भएको थियो ।

अघिल्ला कन्सर्टभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्यो । गाउनुअघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर सुरु गरिएको थियो । दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतको निरन्तरतासाथ अघि बढाइएको थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले बारम्बार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौँ ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आह्वान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १६:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया