सत्ता गठबन्धनका एक नेताले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जा गरेर जितेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले सामाजिक सञ्जालमार्फत गुरुङले जीवनभर कालो दाग भिरेर हिँड्नुपर्ने बताएका हुन् ।
गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले आरोप छ । स्याङ्जा २ को चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेको एमलेको आरोप छ ।
पौडेलले फेसबुकमा लेखेका छन्– धनराज गुरुङजीले जीवनभर ‘बुथ कब्जा’ को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु ! यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।