एमालेका श्रेष्ठलाई हराउँदै स्याङ्जा–२ (ख) बाट कांग्रेसका भट्टराई निर्वाचित

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका महेश भट्टराई निर्वाचित भएका छन् । उनी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

विजयी भट्टराईले १८ हजार ७ सय ८८ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले १७ हजार २ मत प्राप्त गरे । स्याङ्जा–२ बाट प्रतिनिधिसभा निर्वाचनतर्फ पनि कांग्रेस विजयी भएको छ ।

स्याङ्जा–२ बाट कांग्रेस उपसभापति धनराज गुरुङ विजयी भएका हुन् । उनी एमाले सचिव पद्मा अर्याललाई साढे ५ हजारभन्दा बढी मतले हराउँदै विजयी भएका हुन् । 

अन्तिम परिणामअनुसार गुरुङ ३१ हजार ४ सय ६६ मतका साथ विजयी हुँदा अर्यालले २५ हजार ८ सय ३९ मत ल्याइन् । उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । यसअघि ०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै अर्याल विजयी भएकी थिइन् । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ७:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया