बाजुरा प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई हराउँदै प्रदेशसभामा निर्वाचित भएका हुन् ।
निर्वाचित शाहीले २० हजार १ सय १९ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरे ।
त्यस्तै, बाजुरा प्रदेश (क) बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही विजयी भए । उनी १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरे । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले १ हजार ९८ मत ल्याए ।
बाजुरामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् ।
पाण्डे नेकपा एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार २ सय ९४ मतले अगाडि रहेका छन् । थापाले ३२ हजार ५ सय ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै, राप्रपा उम्मेदवार जंगकुमार गिरीले १६६, स्वतन्त्रका टेकबहादुर बडुवालले ९३ र जसपाका रामबहादुर शाहीले ६५ मत ल्याएका छन् ।
अहिलेसम्म बाजुरामा ५१ हजार ८ सय १८ मत गणना भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।