गोकुल बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
फाइल तस्बिर

नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा फेला शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । 

आज बिहान भक्तपुरस्थित बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । छिमेकीले बाँस्कोटाको घरको पर्खाल छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

यसअघि २०७६ को फागुनमा बम विष्फोट हुँदा बाँस्कोटाको घरमा क्षति पुगेको थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ९:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया