बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहार प्रकरणका आरोपित महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
मायाको हत्या गरेको अभियोगमा बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो ।
२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । प्रहरी निरीक्षक पन्तले पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।
पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।