काठमाडौंका सुकुम्बासीले मधेसीलाई 'धोती' भनेकाे भन्दै जनकपुरधाममा विरोध प्रदर्शन

काठमाडौंका सुकुम्बासीले मधेसीलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
 
काठमाडौंका सुकुम्बासीले मधेसीलाई गाली दिएको भन्दै मधेस प्रदेशको राजधानी जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । 

जनकपुरधामका युवाहरूले मधेसी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत सचेतसमेत गराएको छ ।
 
युवा अभियन्ता आदर्श मण्डलले विगत केही समयदेखि मधेसी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोतीजस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेकोले त्यस्ता काम गर्ने व्यक्तिमाथि नेपालको प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न माग गरेका छन् । 

मधेसी समुदायले नै देशका अधिकांश सीमानाकाको रक्षा गरिरहेको भन्दै उनले मधेसी समुदाय देशको महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय-समयमा यस्ता घटनाबाट पीडित हुनुपरेकोले आगामी दिनमा यस्ता घटना नदोर्होयाउन चेतावनीसमेत दिए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १७:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया