जयपृथ्वी नगरपालिकाले निर्माण गर्न लागेकाे डम्पिङ साइटप्रति छविस पाथिभेराको आपत्ति

बझाङको जयपृथवी नगरपालिकाले नगरपालिकाको फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गर्ने निर्णयप्रति छविस पाथिभेरा गाउँपालिकाले आपत्ति जनाएको छ । 

जयपृथ्वी नगरपालिकाको डम्पिङ साइट निर्माण हुने क्षेत्रमा केही दिनअघि जयपृथ्वी नगरपालिकाका नगरप्रमुखसहितको टोलीले अनुगमन गरेकाे थियाे । जयपृथ्वी नगरपालिकाको याेजनालाई लिएर छविसपाथिभेरा गाउँपालिका वडा नं. २ ले आइतबार विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

जयपृथ्वी नगरपालिका वडा नं. ७ को बोरेबगर भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदा त्यसको प्रत्यक्ष असर छविस पाथिभेरा गाउँपालिका वडा नं. २ का नागरिकमा पर्ने भन्दै छविस पाथिभेरा गाउँपालिका वडा नं. २ ले आफूसँग सल्लाह नगरी डम्पिङ साइट निर्माण नगर्न नगरपालिकालाई आग्रह गरेको छ । 

छविस पाथिभेरा गाउँपालिका वडा नं. २ ले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘जयपृथ्वी नगरपालिकाले जयपृथ्वी नगरपालिका ७ र छविस पाथिभेरा गाउँपालिका २ को सिमानामा पर्ने बोरेवगरमा जयपृथ्वी नगरपालिकाभरिको फोहोर व्यवस्थापन गर्नका लागि डम्पिङ साइट निर्माण गर्ने निर्णयप्रति यस वडाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘त्यसको प्रत्येक्ष असर छविसपाथिभेरा गाउँपालिका वडा नं. २ का स्थानीयवासीलाई पर्ने भएकाले यसको दीर्घकालीन उपाय नखोजी डम्पिङ साइट निर्माण गर्न नहुने र आगामी दिनमा उक्त कार्य गर्दा छविस पाथिभेरा गाउँपालिका २ सँग सहकार्य नगरी उक्त कार्य नगर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार १९:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया