नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित

नामिबियामा चलिरहेको आइसिसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ । 

नेपालले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । स्कटल्याण्डलाई जित दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । 

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । 

स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार २०:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया