दोलखामा फेरि कार्कीले लिए अग्रता, ११९५ मतले पछि परे शिवाकोटी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले फेरि अग्रता  लिएका छन् ।

आज बिहान ३० मतले पछि परेका उनले पछिल्लो मत परिणामअनुसार भने अग्रता लिएका हुन् ।

८१ हजार ९६ मत गणना हुँदा कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत ल्याएका छन् । 

कार्की र शिवाकोटीबीच १ हजार १९५ मतान्तर रहेको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ३६१ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले १ हजार ५०६ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ८:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया