प्रदेश लोक सेवा आयोग विराटनगरले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले स्थानीय तहका लागि प्राविधिक पदमा ३१५ जना कर्मचारीको माग गरेको हो ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ ।
योग्यता पुगेका उमेदवारले १० पुससम्म दरखास्त दिनसक्ने आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । अनलाइनमार्फत पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।