\


विश्वकपमा ‘गोल्डेन बुट’ दौड : शीर्षमा उक्लिए एमबाप्पे, पछ्याउँदै मेस्सी
फरकधार / १९ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

फ्रान्स टिमका फरवार्ड केलिएन एमबाप्पे कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा ‘गोल्डेन बुट’ दौडमा अग्र स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न नकआउट चरणको खेलमा पोल्याण्डविरुद्ध दुई गोल गरेसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

चार म्याच खेलेका एमबाप्पेले ५ गोल गरिसकेका छन् । साथै, उनले दुई गोलका लागि अवसर सिर्जना गरेका छन् । सानदार प्रदर्शन गरिरहेका एमबाप्पे गोल्डेन बुटका प्रमुख दाबेदार बनेका छन् । फ्रान्सले क्वाटरफाइनलको यात्रा गरिसकेकाले पनि उनी गोल्डेन बुट दाबेदारको प्रमुख खेलाडी बनेका हुन् ।

उनले समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक र डेनमार्कविरुद्ध दुई गोल गरेका थिए । ट्युनिसियाविरुद्ध भने एमबाप्पेले गोल गर्न सकेनन् । जारी विश्वकपमा उनलाई पछ्याइरहेका लिओनल मेस्सी, अल्भारो मोराटा, मार्कुस रासफोर्ड, कोडी गाक्पो र बुकाया साकाले तीन/तीन गोल गरेका छन् । जसमध्ये मेसी र मोराटाले एक/एक असिस्ट पनि गरेका छन् ।

तीन गोल नै गरेका इक्वेडरका इनर भ्यालेन्सिया विश्वकपबाट बाहिरिसकेका छन् । सन् २००६ र २०१० को विश्वकपमा ५ गोल गर्ने खेलाडीले गोल्डेन बुट हात पारेका थिए ।



सन् २०१४ र २०१८ मा ६ गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड जिते । विगत नतिजा हेर्दा यसपालि एमबाप्पेले गोल्डेन बुट जित्ने सम्भावना बलियो बनेको छ ।



  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ९:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया