रूपन्देहीमा ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

रूपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका छन् ।

उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा आइतबार साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले ठक्कर दिएको थियो । 

ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १०:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया