महाेत्तरीमा एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

महाेत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिरामी बोकेर अस्पतालतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हाे । 

दुर्घटनामा घाइते भएकामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबै महिला तथा नाबालक रहेका छन् । 

दुर्घटनामा घाइते भएकी रामगोपालपुर–९ की २४ वर्षीया बिनितादेवी यादवको अवस्था गम्भीर छ । शरीरका विभिन्न अंगमा चोट लागेकाले उनलाई राति नै जनकपुरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । 

बिनिताका दुई महिनाकी छोरी र ३० वर्षीया जेठानी दिदी रानीदेवी यादव पनि घाइते भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी सोही ठाउँकी २५ वर्षीया प्रियंका देवी तथा १८ महिनाको छोरो रीतिक र ६० वर्षीया सासुआमा श्रीमती देवीसमेत घाइते भएका छन् । 

जनकपुरस्थित जानकी एकेडेमी हस्पिटलबाट मान्छे बोकेर पर्सातर्फ जाँदैगरेको नाअ प ९८ नम्बरको अनटेस्ट एम्बुलेन्स आइतबार राति साढे १० बजे महोत्तरीको मनरासिसवा –३ भोलही नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । 



एम्बुलेन्सलाई इटहरवाकट्टीस्थित इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ । दुर्घटनालगत्तै चालक फरार छन् । 



  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १७:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया