नारायणगोपाल नेपाली गीत, संगीतको मौलिक आधार : प्रदीप पौडेल

नेपाली कांग्रेसका युवानेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका छन् । 

सोमबार स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्य स्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । 

स्वर्गीय गायक नारायणगोपाल नेपाली गीत, संगीतको मौलिक आधार रहेको उल्लेख गर्दै नेता पौडेलले मौलिकता बचाउनका लागि अर्को नारायण गोपाल जन्माउन आवश्यक रहेको बताए । उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति, मानव बस्तीले आफ्नो पहिचान बोक्न नसक्ने बताए । 

पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्न यो क्षेत्रमा पछिल्लो पुस्ता पनि जन्मिन जरुरी रहेको भन्दै उनले त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने बताए । 

गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पुर्‍याउनुपर्ने बताए । 

उनले पश्चिमा राष्ट्रहरूले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, संगीत पछि परिरहेको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १९:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया