निर्वाचन परिणामले गठबन्धन कायम राख्न सन्देश दिएको छ : सत्ता गठबन्धन

सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  

सत्तारुढ दलहरूले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको निष्कर्ष निकालेका छन्। 

 ‘तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ,’  बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ।’ 

कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनभित्रै असहयोग भएको चर्चा चलेको भन्दैबैठकले आगामी दिनमा त्यसको उचित समीक्षा र सम्बोधन गर्ने निर्णय गरेको छ।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १९:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया