बागमती प्रदेशमा डेंगुका बिरामीको संख्या ४२ हजार नाघ्यो, २३ को मृत्यु

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको सक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।
    
बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगु संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । 

काठमाडौं जिल्लामा ११ हजार एक सय २७ डेंगुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेंगुका संक्रमित फेला परेको बताइएको छ । 

ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५ जनामा डेंगुको संक्रमण देखिएको छ । 

त्यस्तै, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको बताइएको छ । काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन÷तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक÷एक जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार २०:५८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया