भारतले महाकालीमा एकतर्फी तटबन्ध बनाएपछि पत्र पठाउँदै नेपाल

महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माण गरेको विषयमा नेपालले भारतलाई पत्र पठाउने भएको छ । आइतबार भएको घटनाको विवरण तथा तटबन्धका विषयमा नेपालले भारतलाई पत्र पठाउन लागेको हो । 

गृह मन्त्रालयले स्थलगत विवरणसहित सोमबार परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको र परराष्ट्र मन्त्रालयमार्फत् आज भारतीय विदेश मन्त्रालयलाई पठाउने तयारी भइरहेको गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।  

गृहले स्थलगत विवरणसहित परराष्ट्रलाई पत्र लेखेको र पत्रमा दार्चुलामा देखिएको समस्याको दीर्घकालीन समाधानको प्रयास खोज्नुपर्ने उल्लेख गरिएको छ ।

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि आइतबार दार्चुलाका स्थानीय बासिन्दाले विरोध गरेका थिए । 
 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ८:८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया