ब्राजिल बन्यो विश्वकप फुटबलमा २६ खेलाडीलाई नै मौका दिने पहिलो टोली

ब्राजिलले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा २६ खेलाडीलाई खेल्ने अवसर दिएको छ । गएराति दक्षिण कोरियाविरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई मैदान प्रवेश गराएसँगै ब्राजिलले टिममा रहेका २६ खेलाडीलाई नै फरकफरक खेलमा अवसर दिएको हो ।

प्रशिक्षक टिटेले टिममा भएका सबै खेलाडी अवसर दिने क्रममा खेलको ८०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर एलिसन बेकरको स्थानमा वेभर्टनलाई मौका दिएका थिए ।

समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एकपटक मैदान उत्रिसकेका छन् ।
 
कोभिड–१९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी टिममा राख्ने चलन सुरु भएको थियो । विश्वपकमा पहिलोपटक एक टिममा २६ खेलाडी राखिएको हो । यसअघिका विश्वकपमा भने एक टिममा २३ खेलाडी मात्र हुन्थे । 

सर्वाधिक पाँच पटकको विजेता ब्राजिल कोरियालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ९:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया