घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ६ सयले घटेको छ । सोमबार प्रतितोला ९९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला  ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेको छ । तेजाबी सुन सोमबार प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार थियो ।     

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १२:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया