नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बदल्न पुरानो शैलीले नहुने भन्दै नयाँ ढंगमा अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नयाँ सरकारले अर्थतन्त्र सुधार्न ध्यान दिनुपर्ने बताए ।
गगनले भने, ‘अब यसरी हुँदैन भन्ने, बदल्न पनि नसक्ने अवस्थामा छौँ । देश बदल्न लागौँ भन्दा बाबुहरूको उमेर कति हो भनेर सोध्ने ?’
कांग्रेस इतरसमूहमा समस्या नरहेको भन्दै उनले शेखर कोइरालामाथिकाे विश्वासमा रतिभर तलमाथि नभएको उनले बताए ।एकै ठाउँमा रहेर व्यापक छलफल गरेर अघि बढ्ने महामन्त्री थापाकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।