हेटौँडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सम्झौता

हेटौँडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ । मृगौला अंग प्रत्यारोपण डायलासिस सेवा विस्तारका लागि सहकार्य गर्नका लागि त्रिपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर गरिएको छ । 

अस्पतालमा सेवा विस्तार गर्ने अभियानअनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

आज हेटौँडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्य मन्त्री निमा लामासहितको उपस्थितिमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आज सम्झौता भएसँगै काम पनि तत्काल अगाडि बढाइने बताइएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डेले काम गर्ने इच्छा शक्ति हुँदा पैसाको कुनै पनि अभाव हुन नदिने बताए । त्यसैगरी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशीले हेटौँडा अस्पतालमा यो काम सकिएपछि धेरैलाई सेवा दिनका लागि सहज हुने बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् । 

मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २१:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया