विष्णु पौडेल निर्वाचित भएको क्षेत्रमा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले रुपन्देही २ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । रुपन्देही २ मा एमालेका विष्णु पौडेल निर्वाचित हुँदा गणेश पराजित भएका थिए। 

उक्त क्षेत्रको पुनः मतगणनाको आदेश माग गर्दै मंगलबार मुद्दा दायर भएको हो। मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएको छ। 

१ हजार ३७० मतअन्तरले गणेश पराजित भएका थिए। एमालेका पौडेलले २७ हजार १६५ मत पाएका थिए भने स्वतन्त्र पार्टीका पौडेलले २५ हजार ७९५ मत पाएका थिए। 

पुनः मतगणना माग गरिएको मुद्दामा निर्वाचित उम्मेदवार तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २१:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया