मधेसमा समानुपातिकतर्फ १० राजनीतिक दलको प्रतिनिधित्व, कांग्रेस पहिलो

मधेस प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने १० वटा राजनीतिक दलमध्ये कांग्रेस पहिलो भएको हो ।

सो प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टीको प्रतिनिधित्व हुने भएको छ । 

प्रत्यक्षतर्फ १३ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट प्राप्त गरेको छ । 

एमालेले समानुपातिकमा ८ स्थान प्राप्त गरेको छ । प्रत्यक्षमा १५ सिट जितेको सो दलले 
प्रदेशसभामा कूल २३ सिट जितेको छ । यसरी प्रदेशसभामा एमाले पहिलो दल बनेको छ ।

समानुपातिकमा पहिलो दल बनेको कांग्रेस प्रदेशसभामा २२ सिटका साथ दोस्रो स्थानमा रहेको छ । 

प्रत्यक्षतर्फ ९ स्थानमा जितेको जसपाको समानुपातिकतर्फ ७ स्थान रहेको छ ।



त्यसैगरी ७ स्थान जितेको लोसपाले समानुपातिकतर्फ २ स्थान प्राप्त गरेको छ । सो दलको ९ स्थान पुगेको छ । जनमत पार्टीले प्रदेशसभामा १३ स्थान हासिल गरेको छ । प्रत्यक्षमा ६ र समानुपातिकमा ७ स्थानमा प्राप्त गरेको छ ।

प्रत्यक्षमा ४–४ सिट जितेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले समानुपातिकमा क्रमशः ४ र ३ स्थान प्राप्त गरेका छन् । 



प्रत्यक्षमा एक स्थान पनि जित्न नसकेको नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ भने १–१ स्थान पाएका छन् । 

एक सय सात सदस्यीय प्रदेशसभा रहेको सो प्रदेशमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २२:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया