प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निस्क्रिय भएको छ । योसँगै चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारीमा लागेका छन् ।
उनलाई संसदमा महासचिव डा. भरतराज गौतमले महाअभियोग प्रस्ताव निस्क्रिय भएको पत्र दिएका हुन् ।
यसअघि जबराले दिएको निवेदनको आधारमा उनीमाथिको महाअभियोग प्रस्ताव निस्क्रिय भएको जवाफ संसद सचिवालयले दिएको हो ।
महाअभियोग प्रस्ताव निस्क्रिय भएपछि जबरा आजैबाट सर्वोच्च अदालत जाने तयारीमा लागेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।