चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च फर्किने तयारी
फरकधार / २१ मंसिर, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । गत १ फागुनमा ९८ जना सांसदले प्रस्ताव दर्ता गरेको उनीविरुद्धको महाभियोगको प्रस्ताव निष्क्रिय भएको हो ।



संसदका महासचिव डा. भरतराज गौतमबाट आफूले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाइसकेकाे जबराले बताए । योसँगै अब उनीमाथिको निलम्बन हटेको छ । 

जबरा आजै सर्वोच्च अदालत फर्किने तयारीमा छन् । जबरा सर्वोच्च आउने सूचनासँगै सर्वोच्च आसपासमा सुरक्षा उपस्थिति बढाइएको छ ।



ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भएको थियो । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो । 



जबराविरुद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाले प्रवेश पाएको लगायतका २१ वटा आरोप छन् । 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूले शपथ खाने र संसद बैठक बस्नुअघि नै एक सातापछि जबराले अनिवार्य अवकाश पाउँदै छन् ।

एक सातापछि उनी ६५ बर्से उमेर हदका कारण सेवा निवृत्त हुँदै छन् ।    

  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १२:५१:१४,   अन्तिम अपडेट : मंसिर २१, २०७९ बुधबार १२:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया