नेपाल बार एशोसियसनको आकस्मिक बैठक, चोलेन्द्रलाई सर्वोच्च प्रवेश गर्न नदिने

संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निस्क्रिय भएको पत्र दिएपछि नेपाल बार एशोसियसनले आकस्मिक बैठक बोलाएको छ । 

बारले यो पत्र दिनु असंवैधानिक भएको प्रतिक्रिया दिएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले चोलेन्द्रको निवेदनको जवाफ दिँदै महाभियोग निस्क्रिय भएको भन्दै जवाफ दिएका थिए । यही आधारमा आजै चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालत जाने तयारीमा छन् ।

तर, बार एशोसिएसनले उनलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ । 

बारले यो पत्र असंवैधानिक भएको भन्दै चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक्ने प्रयास गर्ने भएको हो । बारले यसबारे थप निर्णय बैठकबाट गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १३:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया