नेपाली क्रिकेट टिमका तीन सदस्य पाकिस्तान सुपर लिग (पिएसएल) ड्राफ्टमा परेका छन् ।
नेपालबाट ओपनर अर्जुन साउँद, तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । उनीहरू विदेशी खेलाडीको सिल्भर कोटामा समावेश भएका हुन् ।
आसन्न सिजनका पिएसएल ड्राफ्ट यही १५ डिसेम्बरमा हुँदैछ । पिएसएलले सिल्भर विधामा समावेश विदेशी खेलाडीको नाम आज सार्वजनिक गरेको हो । अहिलेसम्म नेपालबाट सन्दीप लामिछानेले मात्र पिएसएल खेलेका छन् ।
उनले लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए । २०२१ मा राशिद खानको स्थानमा दोस्रोपटक लाहोरमा अनुबन्ध भए पनि सन्दीप कोरोना महामारीका कारण एक म्याच पनि खेल्न नपाउँदै स्वदेश फर्किएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।