सरकारले भन्यो– चोलेन्द्रविरुद्धको महाभियोग नयाँ संसदमा छलफल हुन्छ

सरकारका प्रवक्ता तथा सूचना तथा सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग अहिले नै निस्क्रिय नभएको बताएका छन् । 

उनले यो विषयमा अबको नयाँ संसदमा छलफल हुनेसमेत बताएका छन् ।

महाअभियोग संसदको सम्पत्ति भएकोले यो विषयमा अबको संसदमा छलफल हुने उनले बताएका हुन् । उनले संसद सचिवालयका महासचिवले चोलेन्द्रविरुद्धको महाअभियोग निस्क्रिय रहेको पत्र पठाए पनि त्यो मान्य नहुने बताएका छन् ।

‘​​महाअभियोग संसदको सम्पत्ति हो,’ मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा उनले भने, ‘यो संसदको सम्पत्ति भएकाले यसबारे छलफल गरेर निर्णयमा पुग्छौँ ।’

आज विहान संघीय संसद सचिवालयले चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिए पछि चोलेन्द्र सर्वोच्च अदालत जान लागेका छन् । तर, नेपाल बारले उनलाई सर्वोच्च छिर्न नदिने निर्णय आकस्मिक बैठकमार्फत् गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १५:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया