सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।
कार्कीले आगामी प्रतिनिधिसभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँगको साक्षात्कारमा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
'प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेस भएको छ । त्यो अर्को प्रतिनिधिसभामा छलफल हुने हो, त्यो विषय जीवितै छ, मन्त्री कार्कीले भने, 'यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।