गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई भन्याे- चोलेन्द्र सर्वोच्च प्रवेश गर्न खोजे रोक्नू

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्ताे निर्देशन दिएको हो।

जबरा बालुवाटारबाट आएर सर्वोच्चमा प्रवेश गर्न खोजे रोक्न भनी गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालत क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई चोलेन्द्रलाई रोक्न सर्कुलर पठाएको छ । 

बुधबार मात्र संघीय संसद्का महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना दिएका छन् ।

गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए।

बुधबार संसद सचिवालयकाे पत्र पाएलगत्तै चाेलेन्द्र हाजिरी गर्न सर्वोच्च जाने तयारीमा थिए । कानुन व्यवसायीकाे धर्नाका कारण उनी सर्वाेच्च जान सकेनन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १६:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया