...चोलेन्द्र फर्किएनन् सर्वोच्च

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निस्क्रिय भएको पत्र संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले दिएपछि बुधबार दिउँसो एकाएक सर्वोच्च अदालत र राजनीतिक गर्मायो ।

मंगलबार आफूमाथिको महाअभियोग के हुन्छ भन्नेबारे चोलेन्द्रले संसद सचिवालयमा सोधेका थिए । संसद सचिवालयले निर्वाचन सकिएको र नयाँ सांसद छानिएकाले पहिलेको संसदले लगाएको महाअभियोग निस्क्रिय भएको भन्दै चोलेन्द्रलाई पत्र दिएको थियो ।

यो पत्र सार्वजनिक गर्दै चोलेन्द्रशम्शेर जबराले आफू सर्वोच्च अदालत जाने तयारी गरिरहेको सन्चारमाध्यमलाई बताए ।

उनले बुधबार दिउँसो २ बजे पछाडि आफू सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए । उनले यस्तो के मात्र बताएका थिए, नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलायो ।

प्रमुख राजनीतिक दलका नेताहरु पनि संघीय संसद सचिवालयको पत्रका कारण बढो आश्चर्यमा परेको अभिव्यक्ति दिइरहेका थिए ।

संविधानविद् भीमार्जुन आचार्यले यो घटनापछि फरकधारसँग कुरा गर्दै संसद सचिवालयका महासचिव भरतराज गौतमले केटाकेटी काम गरेको बताए । ‘उहाँको क्षेत्राधिकार भित्र नै पर्दैन, उहाँको यो केटाकेटी काम हो, यसमा प्रतिक्रिया दिन लायक पनि यो काम छैन,’ उनले फरकधारसँग भने ।



राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाहिँ चोलेन्द्रविरुद्धको महाअभियोग प्रतिनिधि सभाको कार्यक्षेत्रमा पर्ने भएकाले आफूले यस विषयमा संसद सचिवालयमा कुनै छलफल नगरेको, चासो नदिएको र आफूलाई केही थाहा नभएको फरकधारलाई बताएका थिए ।

एकातिर चोलेन्द्र बालुवाटारमा रहेको प्रधानन्यायाधीश निवासबाट बाहिर निस्किएर सर्वोच्च अदालत जाने तयारीमा थिए भने अर्कोतिर सर्वोच्चको गेटमै कानुन व्यावसायीहरु धर्नामा बसिसकेका थिए । उनीहरुले चोलेन्द्रलाई कुनै पनि हालतमा सर्वोच्च नदिने रणनीति बनाएका छन् । उनीहरुले शुक्रबार पनि त्यहाँ धर्ना दिने तय गरेका छन् ।



प्रहरीको सहयोगमा त्यसपछि सर्वोच्च जाने प्रयासमा चोलेन्द्र थिए । तर, प्रहरीका उच्च अधिकारीहरुले पनि सर्वोच्च अदालतमा रहेको प्रहरीलाई सर्वोच्चको प्रशासनको अनुमति नआएसम्म चोलेन्द्रलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिए ।

यसरी चौतर्फी घेराबन्दीमा परेपछि चोलेन्द्रशम्शेर पहिले योजना बनाएको भए पनि सर्वोच्च अदालत प्रवेश गर्न सकेनन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार २०:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया