साउदी युवराजविरुद्धको हत्या मुद्दा अमेरिकाले गर्यो खारेज, बाइडेनको निर्णय कार्यान्वयन गर्न बाध्य भएको न्यायाधीशको भनाइ
फरकधार / २१ मंसिर, २०७९

अमेरिकाले साउदी अरबका युवराज मोहम्मद बिन सलमानविरुद्धको हत्याको मुद्दा खारेज गरेको छ। पत्रकार जमाल खशोगीको हत्याको आरोपबारे सुनुवाइ एक अमेरिकी न्यायाधीशले मंगलबार सो मुद्दा खारेज गरेका हुन् । 



बाइडेन प्रशासनको जोडबलमा उक्त मामिलामा युवराजलाई कानुनी उन्मुक्ति दिइएको बताइएको छ । डिस्ट्रिक्ट अफ कोलम्बियाका न्यायाधीश जन बेट्सले आफू सो मुद्दा खारेज गर्न अनिच्छुक रहेको तर बाइडेन प्रशासनको निर्णयमा आफूसँग कुनै विकल्प नभएको बताए। 

खगोशीको हत्यामा युवराजको संलग्नताको आरोप विश्वसनीय रहेको उनको भनाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युवराजलाई प्रतिरक्षा अनुदान दिएको भन्दै अदालतले मुद्दा खारेज गरेको हो । 



अदालतले ‘प्रतिरक्षा’को विरुद्धमा जानु र निर्णय लिनु भनेको बाइडेन प्रशासनको काममा अनुचित हस्तक्षेप हुने बताएको छ। बाइडेन प्रशासनका तर्फबाट अदालतमा दिइएको आदेशमा अन्तर्राष्ट्रिय कानुनमा कुनै पनि बहालवाला राष्ट्रपतिलाई मुद्दा छुट गर्ने पूर्ण अधिकार छ।



साउदीका राजा सलमानले केही साताअघि आफ्ना छोरा राजकुमार मोहम्मदलाई प्रधानमन्त्री बनाएका थिए। यसैलाई मध्यनजर गर्दै उनलाई अमेरिकामा मुद्दा नचलाउने र अमेरिका भ्रमणमा छुट दिइएको हो। 

अमेरिकाको यो निर्णयको निकै आलोचना भएको छ। एम्नेस्टी इन्टरनेसनलले खशोगीको फेरि मृत्यु भएको बताएको छ। यसमा अमेरिकालाई लाज लाग्नुपर्ने उसको भनाइ छ।

वासिङ्टन पोस्टका स्तम्भकार खशोगीले साउदी अरबका  राजकुमार मोहम्मदको कठोर व्यवहारको आलोचना गरेका थिए। खशोगीको साउदी अरेबियाका अधिकारीहरूको टोलीले सन् २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित वाणिज्य दूतावासभित्र हत्या गरेको थियो। 

  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार २०:३७:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया