ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित हुने सम्भावना रहेको छ । सीको भ्रमण संयुक्त राज्य अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । 

व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन–अमेरिकाबीचको सम्बन्धमा विगत केही समयदेखि तनावपूर्ण रहँदै आएको छ । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेताका रूपमा चिनिएका सी तीन दिने भ्रमणका लागि राजधानी रियाद आइपुगेका हुन् ।  

राष्ट्रपति सीको भ्रमणको विषयलाई साउदी सञ्चारमाध्यमले विशेष महत्व दिएर प्रकाशन गरेका छन् । कच्चा तेलको प्रमुख निर्यातक साउदी अरब र चीन (दुवै पक्ष) कोभिड र युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिन्छन् ।

कोरोना भाइरस महामारी सुरु भएयता सीको यो तेस्रो विदेश यात्रा हो । सन् २०१६ पछि उनको पहिलो साउदी अरब भ्रमण जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणपछि भएको हो ।

सम्मेलनमा साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग द्विपक्षीय भेटवार्ताका साथै ६ सदस्यीय गल्फ को–अपरेशन काउन्सिलसँग शिखर सम्मेलन र व्यापक चीन–अरब शिखर सम्मेलन हुनेछ । 



भ्रमण कार्यक्रमबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका छन्, ‘यो कार्यक्रमले चीन र अरब जगतबीच जनगणतन्त्र चीनको स्थापनापछिको सबैभन्दा ठूलो कूटनीतिक गतिविधिको प्रतिनिधित्व गर्दछ ।’ 



  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार ७:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया