रुसमाथि थप प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुसविरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।

‘रुसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ । यसले जाडो यामको सुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ । हामी युक्रेनको पक्षमा उभिरहेका छौँ । र, हामी रुसलाई यसको क्रुरताको लागि जवाफ दिँदैछौँ,’ उर्सुला भोन डरले भनेकी छन् । 

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ८:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया