नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख नाघेको छ । आज ६ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३० ले बढेर १ हजार ३ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।