विश्वकप फुटबलका खेल सिनेमा हलमा देखाइने

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलदेखिका खेल फिल्म हलमा हेर्न पाइने भएको छ । आजदेखि सुरु हुने क्वार्टरफाइनल खेल बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाजले देखाउन लागेको हो । 

विश्वकपका कारण हलमा फिल्म हेर्ने दर्शकमा भारी गिरावट आएको छ । वर्तमान अवस्थामा फुटबलको क्रेजलाई मध्येनजर गर्दै हलहरूले सशुल्क फुटबल खेल देखाउने तयारी गरेका हुन् । 

क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया, दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना तथा शनिबार हुने तेस्रो र चौथो खेलमा मोरक्को र पोर्चुगल तथा फ्रान्स र इंग्ल्याण्ड खेल्दै छन् ।

त्यस्तै, राजधानीको कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल हलमा देखाउने भएको छ । त्यस्तै, क्युएफएक्सले फाइनल खेल मात्रै हलमा देखाउने तयारी गरेको छ । यीबाहेक आइएनआई, सिडिसी, बिएसआर लगायतका मल्टिप्लेक्सले पनि विश्वकप देखाउने तयारी गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार १४:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया